26 February 2020|   बुधबार, फाल्गुन १४, २०७६

दैलेख बार एसोसिएसनमा अधिकारी निर्वाचित

Online Karnali
प्रकाशित मितिः बिहिबार, फाल्गुन १, २०७६       |  

फागुन १, २०७६
दैलेख ९ बार एसोसिएसन दैलेखमा आज भएको अध्यक्ष पदको मतदानबाट माधवराज अधिकारी निर्वाचित हुनुभएको छ । कुल २० मतदाता रहेकोमा १५ जनाले गरेको मतदानमा अधिकारीले १२ मत प्राप्त गर्नुभयो । शिवराज दाहालले ३ मत पाउनुभएको थियोे ।
बार एसोसिएसन को १३ सदस्यीय जिल्ला कार्यसमिति पदाधिकारी सर्वसम्मतले चयन हुनुभएको छ ।
सर्वसम्मतिले चयन भएका पदाधिकारीहरुमा उपाध्यक्ष ललितबहादुर थापा, सचिव प्रेमबहादुर थापा, सहसचिव इश्वरकुमार प्याकुरेल र कोषाध्यक्ष टिकाराम थापा हुनुहुन्छ ।
कार्यसमितिका सदस्यहरुमा सुरेन्द्रकुमार अधिकारी, ललितबहादुर मल्ल, यामराज थापा, सर्वराज जोशी, टेकबहादुर केसी, हरिबहादुर केसी, दिपेन्द्रबहादुर थापा र दिर्घराज अधिकारी हुनुहुन्छ ।
दिर्घराज अधिकारी केन्द्रीय पार्षद पनि चयन हुनुभएको छ ।
२०४९ मा स्थापना भएको नेपाल बार एशोसियसन दैलेखको संस्थागत विकासको क्रममा अघिल्लो कार्यकाल बाहेक सधैंजसो सर्वसम्मतिले नेतृत्व चयन गर्दै आएको हो ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *