26 February 2020|   बुधबार, फाल्गुन १४, २०७६

दुल्लुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Online Karnali
प्रकाशित मितिः आइतवार, माघ २६, २०७६       |  

भावना हमाल
दैलेख २०७६ माघ २६
बार्षिक उत्सवको अवसर पारेर दैलेख जिल्लाको दुल्लुमा अवस्थित आसाराम हस्पिटल प्रा. ली ले दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा बालरोग विशेष डाक्टर प्रदिप पौडेल र फिजिसियन डाक्टर संजीव भण्डारीले निःशुल्क स्वास्थ्य जाँच सेवा प्रदान गरेका छन् ।

शिविरमा मधुमेह, सुगर जाचँ, आवश्यक औषधि , नाम दर्ता र डाक्टर सेवा निःशुल्क गरिएको थियो । प्रयोगशाला , भिडियो एक्सरे र डिजिटल एक्सरे सेवामा ३० प्रतिशत छुट दिइएको र हस्पिटलले प्रदान गरेका सेवा सुविधा बारेमा शिविरमा जानकारी गराइएको थियो ।


शिविर आइतबार र सोमबार सञ्चालन हुने बताइएको छ । आफनो हजुर बुवा आसाराम जैसीको संम्झनामा खोलिएको अस्पताल भएको र अस्पतालले वार्षिक उत्सवको अवसरमा असहाए, गरीब, दु.खिलाई निःशुल्क सेवा प्रदान गरेको आसाराम हस्पिटलका प्रबन्ध निर्देशक कपिल खनालले जानकारी दिए ।

पढाइमा इन्जिनियर पास गरेका कपिल खनाल आहिले हस्पिटल खोलेर समाज सेवामा लागेका छन् । समाज सेवामा आफनो रुचि भएपछि अस्पताल खोलेर दुखी र गरिबहरूको सेवामा लागेको उनले बताए ।
शिविरमा आईतबार मात्र करिब दुईसय जनाले स्वस्थ सेवा प्राप्त गरेको कुरा आसाराम हस्पिटलकी अध्यक्ष कोपिलादेवी धमला खनालले जानकारी दिइन् ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *