26 February 2020|   बुधबार, फाल्गुन १४, २०७६

दैलेखमा जिपको ठक्करबाट बालकको मृत्यु

Online Karnali
प्रकाशित मितिः आइतवार, माघ १९, २०७६       |  


भावना हमाल माघ २०
दैलेखमा बोलेरो जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको भैरवी गाउँकालिका (२) रावतकोट निवासी झक्ड थापाका चार वर्षीया छोरा प्रकाश थापाको मृत्यु भएको हो ।
भैरवी गाउँपालिकाको डाडीमाडी बजारबाट दैलेख सदरमुकाम आउँदै गरेको लु १ च ६२९२ नम्बरको डबल ग्याप बोलेरोको ठक्करबाट बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखका डिएसपी हरिबहादुर ओलीले बताएका छन् ।
जिपको ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि दैलेख अस्पताल ल्याइएको थियो। उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको डिएसपी ओलीले बताए । जिप चालक बलबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *