26 February 2020|   बुधबार, फाल्गुन १४, २०७६

बडादशैं अन्तर्गत आज महानवमी मनाइँदै ।।

Online Karnali
प्रकाशित मितिः सोमवार, अशोज २०, २०७६       |  

 

असोज २०,काठमाडौँ
बडादसैँ अन्तर्गत आज देशभर महानवमी मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवमी अर्थात् नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमी भोलि विसर्जन गर्ने चलन छ ।कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *