20 February 2020|   बिहिबार, फाल्गुन ८, २०७६

संसद्‌ सचिवालयद्वारा सभामुख महराको राजीनामाबारे औपचारिक जानकारी

Online Karnali
प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६       |  

असोज १६, काठमाडौँ । यौन दुर्व्यवहारको आरोपपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे संसद् सचिवालयले औपचारिक जानकारी गराएको छ ।

बुधबार सचिवालयले सूचना जारी गर्दै सभामुख महराले दिएको राजीनामाबारे जानकारी गराएको छ । सचिवालयले उपसभामुख शिवमाया तुम्बाहाम्फेको आदेशअनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम सूचना प्रकाशन गरेको प्रस्ट पारेको छ ।

संसद्‌ बैठक चालु रहेको अवस्थामा अध्यक्षता गर्ने व्यक्तिले सभामुखको राजीनामा पत्र पढेर सुनाउने र बैठक नभएको अवस्थामा सूचना पत्रमा प्रकाशन गरिने उल्लेख छ।

संसद् सचिवालयका कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपपछि सभामुख महराले मंगलबार दिउँसो ‘छानबिन प्रक्रिया नसिकँदा सम्मका लागि’ राजीनामा दिएका थिए।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *