26 February 2020|   बुधबार, फाल्गुन १४, २०७६

‘काफलवाली’ ७५ हजार सहित सम्मानित…..

Online Karnali
प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७६       |  

अनलाइन कर्णाली

जंगलको काफल बेचेर ७५ हजार रुपैयाँ कमाउन सफल काफलवाली अर्थात् गीता खत्रीलाइ सम्मान गरिएकाे छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका –६ नरपानी उपल्लो जगात निवासी २२ वर्षीय गीता खत्रीले काफल बेचेरै ७५ हजार कमाउन सफल भएकी छन् । काफलवालीलाई शनिबार उपल्लो जगातमा भएको एक कार्यक्रममा सम्मान गरिएको छ । नरपानीको उपल्लो जगातमा सुरु गरिएको तुषारेपानी लिफ्टिङ खानेपानी योजनाको उद्घाटन कार्यक्रमकाे अवसर पारेर सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उनलाइ सम्मान गरेका हुन् । स्नातक तहमा अध्यन गरिरहेकी गीताले जंगलमा फलेको काफल सन्धिखर्क गोरुसिंगे सडकको नरपानीदेखि घुम्तीसम्मको क्षेत्रमा गाडीमा हिँड्ने यात्रुलाई बेचेर ७५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएकी हुन् । गीता सन्धिखर्कको पाणिनी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *