26 February 2020|   बुधबार, फाल्गुन १४, २०७६

उद्यमी तयार गर्दै दैलेखको महावु गाउँपालिका

Online Karnali
प्रकाशित मितिः मङ्लबार, चैत्र २६, २०७५       |  

दैलेख । जिल्लाको महावु गाउँपालिकाले स्थानीय स्तरमै आगमी तीन महिनाभित्र ५६ वटा स्थानीय लघुउद्यमी उत्पादन गर्ने तयारी थालेको छ । महावु गाउँपालिकाको जंगलमा खेर गएको लोक्ताबाट निर्माण गरिने पहाडी कागजको स्थानीय स्तरमै प्रशोधन गर्ने, अल्लो प्रशोधन गरेर धागो निर्माण गर्ने, स्थानीय बाँसबाट निर्माण हुने बिभिन्न सामाग्रीहरु निर्माण गर्ने, दालमोट, धुप, दुना, टपरी लगायतका सामग्री निर्माणका लागि ५६ लघुउद्यमी तयार गर्न थालिएको हो । २० जना नयाँ उद्यमीलाई स्थानीय स्तरमा पाईने कच्चा पदार्थको प्रशोधनका बारेमा तालिम दिइने भएको छ, भने र २६ जना पुराना उद्यमीहरुलाई स्तरउन्नती तालिम प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

यो पनी समाचारः यस्तो छ दैलेखमा असिना पानीले पुर्याएको क्षती (तस्विरहरु सहित)

महावु गाउँपालिका, घरेलु तथा साना उद्योग विकास समिति, स्थानीय लघुउद्यमी समूह संघ डि मेगाको संयुक्त अभियान अन्र्तगत तालिम प्रदान गर्न थालिएको घरेलु तथा साना उद्योग विकास समिति दैलेखका प्रमुख परशुराम काफ्लेले बताए ।

जिल्लाभर रहेका बिभिन्न लघुउद्यमीहरुलाई आ आफ्नो स्थानमा रहेका कच्चा पदार्थहरुको प्रशोधन सँगै ठूलो व्यवसाय गर्न अभिप्रेरित गर्ने अभियान थालिएको जिल्ला लघु उद्यमी समूह संघ दैलेखका अध्यक्ष कविराज खत्रीले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले आगामी वर्षदेखि करिब ५ सय जनालाई गाउँमै रोजगारी दिनेगरी नयाँ योजना ल्याउन थालिएको बताए । उनले भने, ‘गाउँपालिकाले अव श्रम बैंक स्थापना गर्ने तयारी गरेको छ । हरेक युवाहरुले आफ्नो क्षमता अनुसारको काम गर्नेछन् गाउँमै रोजगारी पाउनेछन् । कोही विकास निर्माणमा लाग्नेछन्, कोही उद्यमी बन्नेछन्, कोही उन्नत खसी बोका पालन गर्नेछन्, कोही अल्लो प्रशोधनमा लाग्नेछन् ।’ हरेकले गाउँमै रोजगारी पाएपछि यहाँको आर्थिक अवस्थामा समेत सुधार हुने शाहीले बताए ।

नयाँ पत्रिका दैनिकका लागी दैलेखबाट बिष्णु शर्माले तयार पारेको सामाग्री साभार

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *