26 February 2020|   बुधबार, फाल्गुन १४, २०७६

चुनावलगत्तै प्रदेश राजधानी तोकिने

Online Karnali
प्रकाशित मितिः बुधबार, मंसिर २०, २०७४       |  

२० मङ्सिर , काठमाडौ

आज प्रकाशित पत्रिकाहरुले बिहीबार हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको समाचारलाई प्राथमिकता दिएका छन् । साथै सुरक्षा कडा बनाइएको र मौन अवधिमा मत किन्ने चलखेल भएका लगायतका समाचारहरुले पनि प्राथमिकता पाएका छन् । नयाँ पत्रिका दैनिकले निर्वाचन लगत्तै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिन लागेको समाचारलाई पहिलो समाचार बनाएको छ । समाचारमा लेखिएको छ- सरकारले २५ मंसिरमा प्रदेशको अस्थायी मुकाम राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । सोही कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

चुनावलगत्तै प्रदेश राजधानी र प्रमुख

प्रदेश राजधानीका लागि सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशको अस्थायी मुकाम प्रस्ताव गरी मन्त्रिपरिषद कार्यालयमा पठाइसकेको छ । प्रदेश नम्बर १ को राजधानी सुनसरी, २ को जनकपुर, ३ को काठमाडौं उपत्यका, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश नम्बर ७ को राजधानी कैलाली प्रस्ताव गरिएको नयाँ पत्रिकामा समाचार छ । नयाँ पत्रिकाले आफूले आफैलाई भोट हाल्न नपाउने ठूला नेताहरुको सूची पनि राखेको छ । आफ्नो मतदान केन्द्र पर्ने निर्वाचन क्षेत्रभन्दा फरक ठाउँबाट उम्मेदवार बनेका केपी ओली, माधव नेपाल, कृष्णबहादुर महरा, राम कार्की, झक्कु सुवेदीले आफूले आफैलाई भोट हाल्न पाउने छैनन् । यसैगरी आरजु राणा, डा. मिनेन्द्र रिजाल, महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवले पनि आफूलाई भोट हाल्न नपाउने समाचारमा उल्लेख छ ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *