20 February 2020|   बिहिबार, फाल्गुन ८, २०७६

चीनले गर्यो अर्को चमत्कार, चालक र फलामे ट्रयाक बिना चल्ने ‘स्मार्ट रेल’, (भिडियोसहित)

Online Karnali
प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४       |  

काठमाडौं, कात्तिक २०

चीनले स्मार्ट प्रविधिमा आधारित रेल सेवा शुरु गरेको छ । फलामे ट्रयाक बिनाको रेल सेवामा बस र रेलको विशेषता समावेश छन् । जुन सडकमा कोरिएको सेतो धर्कामै ‘स्मार्ट प्रविधि’ मार्फत गुडाउन सकिन्छ त्यो पनि चालकबिना नै । 

चिनियाँ कम्पनी सिआरसिसीले बनाएको यस्तो ‘स्मार्ट रेल’ ३ सय यात्रु राखेर ७० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्दछ । यसका लागि ट्रयाक नै नचाहिने भने होइन । यसमा ट्रयाक नियन्त्रण गर्ने भर्चुअल प्रविधि प्रयोग गरिएको छ । सेन्सरको सहायताले यसले आफ्नो ट्रयाक पहिचान गर्ने गर्दछ । यसको सिस्टमलाई एआरटी अर्थात अटोनोमस रेल र्यापिड ट्रान्जिट भनिन्छ ।

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *