20 February 2020|   बिहिबार, फाल्गुन ८, २०७६

पाल्पामा दुम्सी मार्न थापेको धरापमा महिला परेपछि…….

Online Karnali
प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४       |  

पाल्पा, कात्तिक २०

पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङस्थित दुम्सी मार्न थापेको धरापमा एक महिला परेकी छन् । मुझुङस्थित छेउखानकी २४ वर्षीया चिना बुढाथोकी धरापमा परी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मुझुङका प्रमुख रेशमराज जिसीले जानकारी दिनुभयो । चिनाको पाल्पामा उपचार हुने सम्भावना नदेखिएपछि काठमाडौँको बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको छ । स्थानीय बासिन्दा तुलबहादुर बुढाथोकीलाई मुझुङ प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पा पठाएको छ । घर नजिकै बारीमा दुम्सी मार्नका लागि अवैध घरेलु हतियार प्रयोग गरेको आरोपमा बुढाथोकी प्रहरी नियन्त्रण परेको जिसीले बताउनुभयो । भरुवा बन्दुकमा खुट्टाले टेक्दा पड्केपछि खुट्टामा छर्रा लागेको प्रहरीले बताएको छ । – रासस

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *